US Khabar

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. शाहको डिन नियुक्तिप्रति अनेरास्ववियूकै विरोध- IOM मा तालाबन्दी

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. शाहको डिन नियुक्तिप्रति अनेरास्ववियूकै विरोध- IOM मा तालाबन्दी

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमं)को डिनमा डा दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले नियुक्त गरेकी डा. शाहको नियुक्तीको बिरोधमा आज अनेरास्ववियूले आइओएममा तालाबन्दी गरेको हो ।

योग्यता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. शाहलाई नियुक्ति गरिएको दाबी गर्दै गरिएको तालाबन्दीमा अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको यो निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ ।

जेठ २२ मा प्रा. डा. जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि उक्त पद रिक्त रहेको यो पदमा नियुक्त प्रा डा. शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत हुन् ।

बुधबार सर्च कमिटीबाट सिफारिस भएका ३ जनामध्येमा प्रा. डा. शाहलाई डिनमा नियुक्ति गरेको थियो । प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको उक्त कमिटीले प्राडा प्रदीप वैद्य, प्रा. डा. शाह र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">