प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसीबारे हुने गरेको विरोधको तुक नभएको तर्क गरेका छन् । उनले भने, ‘एमसिसी पढेका मान्छे मैले भेटिनँ । हल्लाका भरका विरोध गर्ने ? पढेर कहाँ कहाँ खराबी छ देखाउनुपर्छ नि ।’
उनले खुट्टाले टेकेर हिड्न आग्रह गरे । प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सांसदहरुले राखेका जिज्ञाशाको जवाफ दिँदै क्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘खुट्टाले टेक्नुभन्दा हातले टेकेर किन हिड्ने ? लहै, लहैमा लौ अमेरिकी सेना आउने भो भन्ने । लौ कागले कान लाँदा त दुख्छ होला नि । दुखेको पनि वस्ता नगर्ने र कान पनि नछाम्ने ?’
उनले कसैलाई देशमा विकास हुन आट्यो भन्ने चिन्ताले यस्तो भएको हुन सक्ने संकेत गरे । प्रधानमन्त्रीले बोल्दा इतिहासमा दर्ज हुने गरी बोल्न आग्रह गरे । महाकाली सन्धिको सम्बन्धमा ठूलो आधी, हुरी आएको तर्क गर्दै उनले पार्टीमा छलफलका लागि ह्विप जारी नहुने प्रष्ट पारे ।
संविधान सर्वसम्मत पारित हुनु गौरवको कुरा भएको उल्लेख गर्दै उनले साउन अन्तिम वा भदौको सुरुमा नेपालमा कोरोना संक्रमण चरम विन्दुमा पुग्ने अनुमान गरे ।
प्रतिक्रिया