गायक प्रताप दासको नयाँ गीत ‘भ्रस्टाचार गर्दा गर्दै’ सार्वजनिक भएको छ । चन्द्रज्योती ढुंङ्गानाको शब्द तथा संगीत रहेको यो गीत बुढासुब्बा डिजिटलको यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।
उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमाथी बनेको भिडियोमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रशन्न कार्की, सुरेश तामाङ, बसन्त तामाङ लगायतको अभिनय रहेको छ ।
भ्रष्टचारकै कारण स्वर्ग जस्तो देश नरक समान भएको, बिरोधमा बोल्नेमाथीको दमन, सिमा बिवाद लगायतका समस्यामाथी संबोधन गरिएको यस गीत मार्फत शान्ति, सुरक्षा र भ्रष्टचारमुक्त समाज निर्माणको सन्देस प्रस्तुत गरिएको छ ।
गीतकार तथा संगीतकार चन्द्रज्योति ढुंगाना स्वयंको निर्देशनमा निर्माण भएको ‘भ्रस्टाचार गर्दा गर्दै’ गीतको भिडियोलाई रवि कोईरालाले छायांकन तथा विकाश गुरुङले सम्पादन गरेका हुन् ।
नेपाल आईडलका सेकेण्ड रनरअप प्रतापदास नेपाली चलचित्र र सुगम संगीतमा पछिल्लो समयका ब्यस्त गायक हुन् । मोटर साईकलमा, फूल होईन, तिम्रो स्वरमा, जव जव तिमी, हावाको चिसो लगायका दर्जनौं चर्चित गीतहरुमा आवाज भरेका प्रतापको यो साता ‘माटोको सिन्दु’ र ‘सायद मैले’ बोलको गीत पनि सार्वजनिक भएको छ ।
प्रतिक्रिया