सन्धिखर्कको क्वारेन्टाईनमा आत्महत्या गरेका देव बहादुर विकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । सन्धिखर्कको शितगंगा नगरपालिका ५ जुकेनाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसंगै उनि कोरोना संक्रमित रहेको पुष्टी भएको हो ।
४५ वर्षीय बिकले क्विारेन्टाईनको नजिकै रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । जेठ १० गते भारतबाट फर्किएका उनको
आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।
आरडिटी रिपोर्ट पोजिटिभ देखिएका विकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । तर पीसीआर परीक्षणको नतिजा नआउँदै उनले क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
यस अघि बाग्लुङका ३९ बर्षिय चन्द्र बहादुर नेपालीले पनि आत्महत्या गरेका थिए । भारतबाट आएका चन्द्र बहादुरलाई क्वारेन्टाईनमा राख्न लैजादैं गर्दा बसबाट हामफालेर आत्महत्या गरेका हुन् ।
प्रतिक्रिया