US Khabar

२० भारतिय सैनिकको ज्यान जानेगरी गरिएको चिनियाँ आक्रमणप्रति मोदीको आक्रोस-‘उचित जवाफ दिन सक्षम छौं ‘

- Admin | ३ वर्ष पहिले प्रकाशित

२० भारतिय सैनिकको ज्यान जानेगरी गरिएको चिनियाँ आक्रमणप्रति मोदीको आक्रोस-‘उचित जवाफ दिन सक्षम छौं ‘

सोमबार राती लद्दाखमा २० भारतिय सैनिकको ज्यान जानेगरी भएको झडपप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोस ब्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले भारत शान्तिको पक्षमा रहेको तर, उक्साएको खन्डमा उचित जवाफ दिन भारत सक्षम रहेको भन्दै यस घटनाप्रति दुख तथा आक्रोस ब्यक्त गरेका हुन् ।

बुधबार कोरोनाभाइरसका विषयमा भारतका मुख्यमन्त्रीहरुसितको बैठकमा यस घटनाबारे बोल्दै सीमामा मारिएका आफ्ना सैनिकको शहादत व्यर्थ नजाने बताउँदै आफ्नो स्वाभिमान र एक इन्च जमिनको पनि रक्षा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भएको यो झडपमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाही मारिएका छन् । जसमा एम- कर्णेल बी सन्तोष बाबु रहेका छन् जो हैदराबादका हुन् भने मयूरभन्जका एस- नायक सुबेदार नुदुरम सोरेन, पटियालाका एम -नायक सुबेदार मन्दीप सिंह, गुरदासपुरका एक्स – नायक सुबेदार सतनाम सिंह, मदुरईका वाई-हवल्दार के. पालानी, पटनाका एन-हवल्दार सुनील कुमार, मेरठ सिटीका एन- हवल्दार विपुल राय, रीवाका. के-नायक दीपक कुमार, साहेबगन्जका वाय-सिपाही कुन्दनकुमार ओझा रहेका छन् भने झडपमा मारिएका सिपाईहरुमा बीरभूमका राजेश ओरांग,कांकेरका गणेश राम, कंधमालका चन्द्राकान्ता प्रधान, हमीरपुरका अंकुश, भोजपुरका चन्दन कुमार, संगरुरका  गुरबिंदर, मनसाका गुरतेज सिंह, सहरसाका कुन्दन कुमार, समस्तीपुरका अमन कुमार, पूर्वी सिंहभूमका गणेश हंसदा र वैशालीका जय किशोर रहेका छन् ।

भिडन्तमा १० भन्दा बढि घाईते भएको छन् । यस घटनामा मारिएका सबैलाई घाईते अवस्थामा अस्पताल पुर्याईएको भएपनि उनिहरुलाई बचाउन नसकिएको भारतिय संचारमाध्यमले जनाएको छ ।

यस घटनामा ४३ जना चिनिया सैनिकको पनि मृत्यु भएको आशंका गरिएको भएपनि आधिकारिक पुष्टी भने भएको छैन ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">