US Khabar

क्वारेन्टाईनमा लैजादैं गर्दा बाटैमा आत्महत्या गरेका चन्द्र नेपालीको पिसिआर रिपोर्ट नेगेटिभ

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्वारेन्टाईनमा लैजादैं गर्दा बाटैमा आत्महत्या गरेका चन्द्र नेपालीको पिसिआर रिपोर्ट नेगेटिभ

क्वारेन्टाईमा लैंजादैं गर्दा बसबाट हाम फालेर आत्महत्या गरेका बाग्लुङका चन्द्र बहादुर नेपालीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार क्वारेन्टाईनमा बस्न लैजादै गर्दा बाटोमा नै बसबाट हामफालेर मृत्यु भएका बागलुङ नगरपालिका १३ पैयूँपाटाका घर भएका ३९ वर्षीय चन्द्र बहादुरमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो ।

भारतबाट फर्किएका चन्द्र बहादुर सहित१७ जनालाई लु २ ख ४२२० नम्बरको बसमा राखेर लगिदैं गर्दा उनि पोखरा–बागलुङ राजमार्गमा पर्ने पर्वतको कुश्मा नगरपालिका ८ मा पुगेपछि बसबाट हाम्फालेका थिए ।

आत्महत्या गर्ने प्रयासमा बसबाट हाम फालेका उनि गम्भिर अवस्थामा घाईते भएपछि उनलाई उपचारका लागि पोखरा लैंजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईमा बसेका अधिकांशको मृत्यु भएको छ भने केही क्वारेन्टाईनबाट भागेका पनि छन् । यसै बिच गएराती सन्धिखर्कको क्वारेन्टाईनमा रहेका एक पुरुषले पनि आत्महत्या गरेका छन् ।

सन्धिखर्कको शितगंगा नगरपालिका ५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ वर्षीय देवबहादुर विकले रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएका उनि गत गत जेठ १० गते भारतबाट फर्किएका थिए । आरडिटी रिपोर्ट पोजिटिभ देखिएका देवबहादुरको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । तर पीसीआर परीक्षणको नतिजा नआउँदै उनले गएराती क्वारेन्टाइन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">