US Khabar

क्वारेन्टाईनमा रहेका अर्का पुरुषले पनि गरे आत्महत्या

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्वारेन्टाईनमा रहेका अर्का पुरुषले पनि गरे आत्महत्या

सन्धिखर्कको क्वारेन्टाईनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन् । सन्धिखर्कको । शितगंगा नगरपालिका ५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय ४५ वर्षीय देवबहादुर विकले रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएका उनि  गत जेठ १० गते भारतबाट फर्किएका थिए । आरडिटी रिपोर्ट पोजिटिभ देखिएका देवबहादुरको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । तर पीसीआर परीक्षणको नतिजा नआउँदै उनले गएराती क्वारेन्टाइन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

यस अघि पनि क्वारेन्टाईमा लैंजादैं गर्दा बाग्लुङका ३९ वर्षीय चन्द्र बहादुर नेपालीले बसबाट हामपालेर आत्महत्या गरेका थिए । चन्द्र बहादुर पनि भारतबाट फर्किएका थिए । बागलुङ नगरपालिका १३ घर भएका चन्द्र बहादुर भारतबाट फर्किएकाले संक्रमणको आशंकामा उनि सहित १७ जनालाई लु २ ख ४२२० नम्बरको बसमा राखेर लगिदैं गर्दा उनि पोखरा–बागलुङ राजमार्गमा पर्ने पर्वतको कुश्मा नगरपालिका ८ मा पुगेपछि बसबाट हाम्फालेका थिए ।

आत्महत्या गर्ने प्रयासमा बसबाट हाम फालेका उनि गम्भिर अवस्थामा घाईते भएपछि उनलाई उपचारका लागि पोखरा ल्याईंदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईमा बसेका अधिकांशको मृत्यु भएको छ भने केही क्वारेन्टाईनबाट भागेका पनि छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">