टेक्सास, नेपालमा संसदबाट एकै स्वरमा नयां नक्सा पारित भएपछि प्रवासी नेपाली एकता मन्च अमेरिकाले खुशी ब्यक्त गरेको छ । मन्चले आईतबार ड्यालासमा एक बिषेश कार्यक्रमको आयोजना गरि नेपालको नयां नक्सा बोक्दै खुशीयाली ब्यक्त गरिएको हो ।
कोरोना महमारीका बिच भएकोले निश्चीत संख्यामा मात्र उपस्थित भएको कार्यक्रम मन्चका सचिव प्रकाश अधिकारीको अगुवाईमा आयोजना गरिएको थियो । एनआरएन आईसीसी सदस्य यमुना भट्राई, एनआरएन एनसीसी अमेरिकाका बोर्ड अर्फ डाईरेक्टर जिवन जोशी, समाजसेवी डाक्टर प्रेम अधिकारी, मन्चका अगुवाहरु नारायण कंडेल, गोर्कण दाहाल, राजु सुबेदी , एनएसटीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थीत सबैले लामो समयसम्म रहंदै आएको समस्यालाई देशहित सोंचेर नयां नक्सा जारी गर्न सबै दललाई एक ठांउमा ल्याउन सकेकोमा र यो हिम्मत गरेकोमा बर्तमान सरकार र संसदको प्रशंसा गरेका थिए । भारतका अधिकाशं छिमेकी देशहरुसंग सिमा सम्बन्धी समस्या रहेको र नेपालसंग पनि यस खालको समस्या हुनु दुखद कुरा भएको भन्दै बक्ताहरुले अबिलम्ब कुटनितिक माध्यमबाट जमिन फिर्ता लिनेमा बिश्वास ब्यक्त गरेका थिए ।
आफुहरु भौगोलिक रुपमा सात समुन्द्र पार रहे पनि सदैव नेपाल र सिमाना रक्षाका लागि सदैव मनदेखी लागिरहने प्रण गरेका थिए ।
प्रतिक्रिया