US Khabar

४५ बर्षपछि लद्दाखमा भारतिय र चिनियाँ सैनिकको भिडन्त – ३ भारतिय सेनाको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

४५ बर्षपछि लद्दाखमा भारतिय र चिनियाँ सैनिकको भिडन्त – ३ भारतिय सेनाको मृत्यु

चिन र भारतको सिमा क्षेत्र लद्दाखमा ३ जना भारतिय सेना मारिएका छन् । भारतिय र चिनिया सैनिक बिच भएको झडपमा भारतिय सेनाका अधिकृत र दुई जवानको मृत्यु भएको हो ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राति पूर्वी लद्दाखको गलवान क्षेत्रमा भएको सो झडप झडप चिनिया सैनिकका कारण भएको आरोप भारतले लगाएको छ । भारतिय समाचारका अनुसार यो झडपमा चिनका पनि ३ जना भन्दा वढि सैनिकको मृत्यु भएको र केही घाईते अवस्थामा स्टेचमा बोकेर लैजादैं गरेको भारतिय सेनाले देखेको उल्लेख गरेका छन् ।

सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडप भएको हो । यस घटनापश्चात तुरुन्तै मेजर जनरल लेवलको बार्ता भएको बताईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">