गायक टंक टिमिल्सिनाको नया गीत माया के हो थाहा छैन सार्वजनिक भएको छ । गायक तिमिल्सिना स्वयंको शब्द संगीत र संगीत संयोजन रहेको यस गीत युटुव च्यानल मार्फत आज भिडियो सहित सार्वजनिक भएको हो ।
टंक तिमिल्सिना पोडक्सनको ब्यानरमा निर्माण भएको माया के हो थाहा छैन गीतको भिडियोमा अनुपमा भण्डारी र गायक स्वयंको अभिनय रहेको छ । प्रकास खड्काको छायांकनमा निर्माण भएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
गायक तिमिल्सिनाका यस अघि ज्यान सुकेर लौरी, लै लै देउडा, मैना, आमाको माया, हुक्का बार लगायतका गीतहरु सार्वजनिक छन् भने १ महिना पहिले विश्वब्यापी महामारी कोभिड १९ बारे सचेतना मुलक गीत कोरोना भाईरस पनि सार्वजनिक भएको छ ।
प्रतिक्रिया