US Khabar

सुसान्त सिंहको आत्महत्या नभई हत्या भएकोे दावि

- Admin | ३ वर्ष पहिले प्रकाशित

सुसान्त सिंहको आत्महत्या नभई हत्या भएकोे दावि

आईतबार मृत्यु भएका भारतिय अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या भएको दावि गरिएको छ । संधै सकारात्मक सोच र अरुलाई समेत उत्साहित रहन प्रेरित गर्ने सुसान्तले आत्महत्या गर्न नसक्ने भन्दै उनका परिवारले यस मृत्युबारे निस्पक्ष अनुसन्धानको माग गरेका हुन् ।

उनका मामा आस सी सिंघले भिडियो अन्तरवार्तामा सुसान्तले आत्महत्या गर्नै नसक्ने बताउँदै यो आत्महत्या नभई हत्या हो हामी यसको बिरोध गर्दछौं भनेका छन् सुसान्तले आत्महत्या गर्ने कुनै कारण नै छैन ।

प्रहरीले घटनाको प्रकृती हेर्दा आत्महत्या नै जस्तो देखिएको तर थप अनुसन्धानको प्रकृया अघि बढ्ने बताएका छन् । प्रहरीले उनको फ्ल्याडबाट केही सामानहरु अनुसन्धानका लागि राखेको छ । कुनै सुसाईट नोट फेला नपरेको यस घटनालाई लिएर धेरै कलाकार र सुसान्तका देश बिदेशका प्रशंसकले दुख ब्यक्त गर्दै आएका छन् ।

१ महिनामा ५ भारतिय सेलिब्रेटीले गरे आत्महत्या

केही साता भित्र धेरै भारतिय युवा सेलिब्रेटीले आत्महत्या गरेका छन् । जस मध्य सुसान्त, भारती सिंह, रेहा चर्कवर्ती, बरुण शर्मा लायतकी पूर्व म्यानेजर दिशा सलियनले सुसान्तको मृत्युको ६ दिन पहिले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी थिईन ।

त्यस्तै टेलिभिजन अभिनेता मनमित ग्रेवाल र प्याडमेन, सखा लगायतका चलचित्रमा अभिनय गरेकी अभिनेत्री प्रेक्षा मेहेताले पंखामा झुण्डीएर आत्महत्या गरेका थिए भने १ साता अघि कन्नडा अभिनेत्री चन्दनाले पनि बिष सेवन गरेर आत्महत्या गरेकी थिईन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">