जेठ १० गते रुकुममा भएको ६ जनाको नरसंहारविरुद्ध कार्यक्रममा गायक तथा संगीतकार राज सागरले पनि समर्थन जनाएका छन् । ‘रुकुमको जातीय नरसंहारविरुद्धको सडक संघर्ष’ नामक कार्यक्रममा उपस्थित गायक राज सागरले समानता बोकेका सन्देशमुलक गीतहरुको प्रस्तुति सहित सहित प्रेम जस्तो पवित्र कुरालाई जातिय नजरले हेरेर गरिएको यस नरसंहारप्रति खेद ब्यक्त गरेका हुन् ।
‘रुकुमको जातीय नरसंहारविरुद्धको सडक संघर्ष’ कार्यक्रमका आयोजकका अनुसार यस कार्यक्रमका लागि दलित समुदायका २ जना चर्चित गायकहरुलाई फोन मार्फत निम्ता गरिएको थियो तर उनिहरु कार्यक्रममा आएनन् तर गायक राज सागर आफैं आएर कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए ।
गायक राज सागरले आफ्नो उपस्थितीबारे यूएस खबरलाई बताए अनुसार कयौं बर्ष पहिले नै समाज छुवाछुत मुक्त भै सकेको भएपनि कथित अभिमान बोकेर आजको समयमा जातियताकै आधारमा जीवनको उर्जाशिल समयमा रहेका युवा र किशोरहरुको हत्या गरिएको यस घटनाले हाम्रो चेतनाको स्थर कहाँ छ ?, हामी कुन संस्कार र शिक्षाले ग्रसित छौं ? र प्रेम गरेकै आधारमा उ र उसका साथीहरु मारिन्छन् भने हामी कस्तो समयको कठघरामा उभिएका छौं आज पनि जस्ता कुराले आफुलाई गम्भिर र दुखी दुवै बनाईरहेको समयमा यस बिभेदका बिरुद्ध युवाहरुले आयोजना गरेका कार्यक्रममा उपस्थित हुनु साधारण नागरिककै हैसियतले पनि आवश्यक देखेर उनि कार्यक्रममा सहभागी भएका हुन् ।
कार्यक्रममा गायक राज सागरले साटेका अनुभव र धारणाहरु
२०५३ \ ५४ साल तिर मेरो गाउँ भोजपुर कुलुङ्गमा एकजना गंगा ल्वागुन नामका सर हुनुहुन्थ्यो उहाँले त्यहा भएका दलितहरु बिचको भेदभाव अन्त्य गरेर त्यहाँको एउटा देवी थान मन्दीरमा दलिदहरुलाइ सामुहिक प्रवेश गराउनु भएकोथ्यो । त्यो समयबाट अहिले सम्म आउँदा यस्तो जातको कारणले यसरी सामुहिक हत्या भएको छ र यस्ता कैयौं घटना घटी सक्दा पनि हामी ले एस्ता खाले अभियान किन गर्न सकेनौ कि हामी लाई कसैले सुनाइदिएको समनताको लोरिमा मस्त निदाएका थिएउँ ?
मैले जुन दिन यो घटना घटेको सुने दुइ दिन सम्म गीत गाउन त के रियाज सम्म गर्न सकिन मेरा गला अवरुद्ध थिए । हामिले गएका माया प्रेमका गीत गुनगुनाउदै भर्खरका युवा युवती प्रेम गर्न थल्छ्न तर यिनको यसरी निर्ममताका साथ हत्या गरिन्छ । यो हत्याको दोषी र हत्याराको लाइनमा हामी पनि पर्छौ । फरक यति मात्र कि कोहि लाइनको अगाडि छ कोहि पछाडी ।
जस्ले जति ख्याति प्राप्त किन नगरोस् अखिरमा फर्कनु पर्ने त्यही समाज हो। राष्ट्रिय स्तरमा विभिन्न सम्मान किन नथापोश तर अन्तत्वोगत्व उसलाई समाज ले हेर्ने दृस्ठिकोण त्यही विभेद पुर्ण नै भयो भने त्यस्को कुनै औचित्य र अस्तित्व रहदैन।
मलाई थाहा छ मेरा सुभचिन्तकहरु लाई मैले गीत गाएको मन पर्छ। मैले गाएका गीतहरुमा प्रेम झल्किन्छ। प्रेम नै संसारको सुन्दर बस्तु हो। सायद सृष्टिकर्ताले हामी मानव जातिलाई प्रेमको प्रतीक को रुपमा सृष्टि गर्नु भएको हो। सबैलाई प्रेम गर्न पाउने जन्मसिद्ध अधिकार छ। तर यहाँ किन प्रेम गर्ने निर्दोशहरुको हत्या गरिन्छ ।
मेरा प्रिय मित्रहरु मैले गएका गीतहरू सुन्न मात्र हैन मनन गर्न पनि यहाँहरुलाई आग्रह गर्दछ । प्रेम नै इश्वर हो ।
दलित समुदायका २ जना चर्चित गायकहरुलाई ''रुकुमको जातीय नरसंहारविरुद्धको सडक संघर्ष''मा आउनका लागि फोन गरेका थियौँ । सरहरुले समय मिलाउनुभएन । तर राज सागर आफै आउनुभयो । हिजो आन्दोलनमा सँगै बसेर जानुभयो । आज गीत पनि गाउनुभयो । राज सर इतिहासमा यस्ता कठिन क्षणहरु आउँछन्, त्यतिबेला कायरहरु साइड लाग्छन्, साहसीहरु अघि सर्छन् । तपाईं संधै यसैगरि साहसी नै भइराख्नुहोला । विषयगत मुद्दामा प्रष्ट हुनका लागि बाँकी छलफल वहस त गर्दै गरौँला ।(भिडियो खिच्ने : मुसाफिर कृष्ण Bro)
Posted by Mahabir Bishwakarma on Sunday, June 14, 2020
प्रतिक्रिया