US Khabar

क्यालिफोर्नियामा २४ बर्षिय अस्वयत अमेरिकी युवाको शव रुखमा झुण्डीएको फेला परेपछि थप प्रदर्शन

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्यालिफोर्नियामा २४ बर्षिय अस्वयत अमेरिकी युवाको शव रुखमा झुण्डीएको फेला परेपछि थप प्रदर्शन

अमेरिकाको क्यालिफोर्निया राज्यमा अस्वयत अमेरिकन युवा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि जर्ज फ्लोयड हत्यासंगै सुरु भएको आन्दोलन थप चर्किएको छ । जुन १० तारिरका दिन २४ बर्षिय रोबर्ट फुलरको शव रुखमा झुण्डीएको अवस्थामा फेला परेपछि उनको हत्या आशंकामा छानविनको माग सहित प्रदर्शन भएको हो ।

प्रहरीले उनको हत्या नभई आत्महत्या भएको बताएपछि उनका परिवार तथा अन्य अश्वयतहरुले यस घटनाको निस्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन पछि लस एन्जलसका सुपरवाइजर क्याथ्रिन बार्गरले औपचारिक रूपमा राज्यका महाधिवक्ताद्वारा गरिएको मृत्युको छानबिन गर्न आग्रह गरेका छन् ।

फुलेरकी बहिनी डायमण्ड अलेक्ज्याण्डरले भनेकी छन् ‘हामी केवल सत्य जान्न चाहन्छौं। मेरो दाइले आत्महत्या गरेन, ऊ आत्महत्या गर्ने स्वभावको मान्छे थिएन ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">