अन्तरजातिय प्रेम सम्बन्धका कारण ज्यान गुमाएका जाजरकोटका नवराज बिक सहितका ६ जनाको हत्या भएको घटनामा ३४ जनाविरूद्ध मुद्दा दायर भएको थियो । जेठ १० गते कुटपिट गरि हत्या गरिएका ६ जनाको हत्या आरोपमा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विक सहित भेरी नगरपालिका–११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव कुटपिटका निलडाम सहित भेरी नदीमा भेटिएको थियो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल सहित ३४ जनाले ६ जनाले भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या क्रूरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसूरमा मुद्दा दर्ता गरिएको हो ।
प्रतिक्रिया