US Khabar

३४ बर्षको उमेरमा बलिउड नायक सुशान्तसिंह राजपुतले गरे आत्महत्या

- Admin | ३ वर्ष पहिले प्रकाशित

३४ बर्षको उमेरमा बलिउड नायक सुशान्तसिंह राजपुतले गरे आत्महत्या

भारतिय चलचित्रका चर्चित नायक सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ बर्षिय नायक सुसान्तले मुम्बईको अंधेरी स्थित आफ्नै फ्ल्याटमा पंखामा झुण्डीएर आज आत्महत्या गरेका हुन् ।

पिके, वयलकम टु न्युयोर्क, चन्दा मामा डोरके, गुस्ताकियां, कई पो चे, दि बेचरा लगायतका थुप्रै चलचित्रमा अभिनय गरेका सुसान्तको पछिल्लो चलचित्र छिचौरे सन् २०१९ मा रिलित भएको थियो ।

सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो । तर उनको मृत्युको कारण भने खुल्न सकेको छैन, यद्यपी उनि केही समयदेखी डिप्रेसनको औसधी खाईरहेको बताईएको छ । टिभी सो हुँदै चलचित्रमा आएका उनि हलिउडमा समेत प्रवेस पाएका कलाकार हुन् ।

चलचित्र कई पो चे बाट बलिउडमा डेब्यु गरेका उनि ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ पीके, केदारनाथ लगायतका चलचित्रबाट आफ्नो अभिनयको गहिरो छाप छोड्न सफल अभिनेता हुन् ।

उनको मृत्युले बलिउडकर्मी र उनका फ्यानहरु अत्यन्त दुखी बनेका छन् । भारतिय कलाकार अनुपम खेयरले उनको मृत्युले अत्यन्त दुख पुगेको बताउँदै सामाजिक सञ्चालमार्फत भनेका छन् कतिपय दुर्घटनाको शब्दमा बयान गर्न सकिदैंन । म फिल्मी बाबु थिएँ सुसान्तको त यति पिडा भएको छ तिम्रो परिवारलाई के बितिरहेको छ होला सुसान्त । ३४ बर्षको उमेरमा पाएको यो सफलता सानो थिएन ।

युवा प्रशंसक अत्याधिक रहेका सुसान्तको कम उमेरमा भएको मृत्युले प्रशंसकलाई ठुलो चोट पुगेको छ ।

सुसान्तको आत्महत्याले ७ पहिले बलिउड नायिका जिया खानले गरेको आत्महत्यालाई सम्झाएको छ । निशब्द, गजनी लगायका चलचित्रका अभिनय गरेकी उनि डिप्रेसनकै कारण पंखामा नै झुण्डीयर आत्महत्या गरेकी थिईन् । यद्यपी सुसान्त जीया भन्दा सफल कलाकारका रुपमा स्थापित हुँदा हुँदै पनि उनले पनि मृत्युको बाटो नै रोजेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">