US Khabar

एनआरएनए अमेरिकाको ‘नवौं बार्षिक साधारण सभा अन्लाईनमा हुने

- Admin | ३ वर्ष पहिले प्रकाशित

एनआरएनए अमेरिकाको ‘नवौं बार्षिक साधारण सभा अन्लाईनमा हुने

 एनआरएनए, एनसीसी, अमेरिकाको ‘नवौं बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२०’ यहि जुलाई ४ र ५ तारिख हुने भएको महासचिव पशुपति पाण्डेले बताउनु भएको छ।

यो पटकको साधारण सभा अन्लाईन हुने पनि उहाँले जानकारी दिनु भएको छ। ‘साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२०’ लाई ब्यबस्थित बनाउन बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडेलाई कन्भेनर तोकिएको छ।

कन्भेनर अर्जुन बन्जाडेले बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० को काम तदारुकताका साथ भईरहेको जानकारी दिनुभएको छ। उहाँले उदघाटन सत्रको, नलेज कन्फरेन्स सत्र र संस्थाको बिधान, नीति नियम र ब्यबहारिक पक्षको सुधारका बारेमा गरेर तिन भागमा काम भईरहेको पनि बताउनु भयो। “सबै साथीहरु कन्भेन्सनलाई केन्द्रमा राखेर आ-आफ्नो ठाउंबाट सक्रिय हुनुभएको छ।” बन्जाडेले भन्नुभयो।

यो कन्भेन्सन गत डिसेम्बरमा बाल्टिमोरमा सम्पन्न साधारणसभापछिको बैठकले निर्णय गरेको हो। “कोलोराडोमा भब्य रुपमा भौतिक साधारणसभा गर्ने निर्णय गरेका थियौं। परिस्थितिले साथ नदिएकोले अन्लाईन गर्न लागेका हौँ।” एनआरएनए, एनसीसी, अमेरिकाका अध्यक्ष सुनिल साहले जानकारी दिनुभयो । “परिस्थितीले हामीलाई एउटा नयाँ अवसर पनि दिएको छ, हामी सबै मिलेर भब्य बनाऔं।” साहले सबैसंग आग्रह गर्नुभयो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">