पछिल्लो समयका लोकप्रिय गायक प्रताप दासको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । दिप सरगमको शब्द तथा वि.वि. अनुरागीको संगीतमा सायद मैले गीत लिरिकल भिडियो सहित युटुव मार्फत सार्वजनिक भएको हो ।
प्रेम, विवसता र वियोग माथीको गहिरो अभिब्यक्ती रहेको यो गीतमा वियोगान्त पिडालाई प्रस्तुत गरिएको छ ।
नेपाल आईडलका सेकेण्ड रनरअप प्रतापदास नेपाली चलचित्र र सुगम संगीतमा पछिल्लो समयका ब्यस्त गायक हुन् । मोटर साईकलमा, फूल होईन, तिम्रो स्वरमा, जव जव तिमी, हावाको चिसो लगायका दर्जनौं चर्चित गीतहरुमा आवाज भरेका प्रतापको दुई दिन अघि मात्रै माटोको सिन्दुर बोलको गीत सार्वजनिक भएको छ ।
प्रतिक्रिया