साहित्यकार तथा गीतकार सुशिला पौडेलको ‘बैगुनी’ गीत भिडियो सहित यूटुव मार्फत सार्वजनिक भएको छ । मुगा श्रेष्ठको स्वर र सन्तोष प्रगाडको संगीत रहेको गीतकार पौडेलको यो गीत शुक्रबार सार्वजनिक भएको हो ।
गीतकार पौडेलको गीति एल्वम संसारमा समाविष्ट यो गीतमाथी बनेको भिडियोमा राज सरगम, आकृती तामाङ र ईहानी त्रिपाठीको अभिनय रहेको छ । विश्वास भण्डारीको निर्देशन तथा छायांकनमा निर्माण भएको ‘बैगुनी’को भिडियोलाई ईदिप कुलुङले छायांकन गरेका हुन् ।
नेपाली साहित्यिको क्षेत्रमा मुक्तक मानुषी उपनामले परिचित सुशिला पौडेलका यस अघि ‘तिमी त माया गर्ने मान्छे’, ‘तिमी फूलेको डाली’ लगायतका गीतहरु सार्वजनिक छन् भने गत बर्ष मात्रै उनको उपन्यास ‘तृषा’ बजारमा आएको छ । शिक्षण पेसामा आवद्ध पौडेलका संसार र उमंग (संयुक्त) गीति एल्वम सार्वजनिक छन् साथै माध्यामिक ब्याकरण बोध तथा अभिब्यक्ती र अभ्यास नामक पाठ्यपुस्तक पनि प्रकाशित छ ।
प्रतिक्रिया