मोराङको उर्लाबारिमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तनको बिषयलाई लिएर भै रहेको बिरोध अन्तरगत आज पनि अस्पताल परिसरमा स्थानियहरुले धर्ना कार्यक्रम गरेका छन् । प्रदेश १ सरकारले उर्लावारी ३ स्थित मंगलबारे अस्पतालको नाम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्ने निर्णय गरेसंगै असन्तुष्ट स्थानियहरुले सुरु गरेको बिरोध कार्यक्रम अनुरुप आज पनि बाक्लो संख्यामा उपस्थितहरुले अस्पतालको गेटमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका हुन् ।
असार १ गते देखी थप बिरोध कार्यक्रमको घोषणा गरेका उर्लाबारीका स्थानियको पहलमा अस्पतालको नाम यथावत् रहने गरि सेवा सुविधाको माग गर्दै धर्ना कार्यक्रम गरेका हुन् । हिजोको निर्णय अनुरुप असार १ गते साँझ मसाल जुलुस निकाल्ने र २ गते उर्लाबारीबाट मंगलबारे अस्पताल सम्म बृहत र्यालीको आयोजना गरिने भएको छ ।
यस अघि पनि बिरोध र्याली तथा हस्ताक्षर अभियान सुरु गरिसकेका स्थानियहरुले हिजो आन्दोलनका थप निर्णय संगै बिभिन्न उप समिती गठन गरेर आन्दोलन र अभियानलाई थप सशक्त बनाउने निर्णय गरेसंगै मंगलबारे अस्पतालको नाम परिवर्तन बिरोध आन्दोलन राष्ट्रव्यापी मुद्धा बन्न सक्ने सम्भावना बढ्दै गएको छ ।
लाग्दो असारको महिना, रोपाई सुरु गर्नु पर्ने समयमा यहाँका स्थानिय महिला, पुरुष देखी बृद्ध-बृद्धा सम्म बिरोध प्रदर्शनमा सहभागी भै रहेको दृश्यले मंगलबारे अस्पताल उर्लाबारीबासीको ठुलो त्याग र मेहनतले निर्माण भएको भान हुन्छ । कुनै समय स्थानियको सामान्य उपचारका लागि बनाईएको हेल्थपोष्ट हो आजको मंगलबारे अस्पताल । त्यसैले पनि यहाँका स्थानियहरुको माया जोडिएको हुन सक्छ यो नामसंग । त्यसैले उनिहरु उर्लाबारी र छिमेकी जिल्लाहरुको स्वस्थ्य सुविधाका लागि सरकारले थप उपकरण सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्नु राम्रो पक्ष भएको तर अस्पतालको नाम परिवर्तन जरुरी नरहेको बताउँदै आएका छन् । जुन ठाउँमा अस्पताल स्थापना गर्ने हो त्यस क्षेत्रमा स्थानियहरुसंग कुनै पनि राय सुझाव र छलफल नगरी सरकारले आफूखुसी अस्पतालको नाम परिवर्तन गर्ने निर्णय गर्नुले यहाँका जनताको भावनामा ठेस पुगेको उनिहरुको भनाई छ ।
हिजै मात्र बसेको बैठकले अस्पतालको नाम यथावत् राख्नका लागि बिभिन्न उप समितीहरु गठन गरेर महत्वपूर्ण प्रस्थावमाथी निर्णय गरेको छ । आज गठन भएका उपसमितीहरुमा युवा परिचालन संघर्ष उपसमिती, हस्ताक्षर संकलन अभियान समिती, ४ राजनितीक दल संवद्ध संघिय संघर्ष समिती, प्रचार प्रसार उपसमिती र आर्थिक ब्यवस्थापन उपसमिती गठन भएका छन् ।
जस अन्तरगत आन्दोलनलाई राष्ट्रय मुद्धाका रुपमा विश्वभर पुर्याउन गठित प्रचार प्रसार उपसमितीमा बिष्णु भट्टराईको संयोजकत्वमा सदस्यद्वय कुमार खड्का र रविन पाण्डे रहेका छन् ।
त्यस्तै १५१ जनाको समुह रहने गरि गठितत युवा परिचालन संघर्ष उपसमिती संयोजकमा आभाष रिजाल र सदस्य सचिव प्रदिप संग्रौला रहेका भने यो आन्दोलनलाई ससक्त बनाउन गठित आर्थिक ब्यवस्थापन उपसमितीमा संयोजक बिमल थापा र सदस्य सचिव जेनिथ लिम्बु संगै पूर्ण लिम्बु र डिल्ली न्यौपाने रहेका छन् ।
त्यसैगरी भ्रष्टाचार अभियानलाई ससक्त बनाउनका निमित्त हत्याक्षर संकलन अभियान उपसमिती रोहित कार्कीको सयोजकत्वमा साजन कुँवर र संकर निरौला रहने गरि गठन गरिएको छ । जुन उपसमितीले संकलित हस्ताक्षर मुख्य मन्त्रीको कार्यलय सम्म पुर्याउनका लागि कार्यक्रमहरु गर्ने छ ।
पहिलो चरणको २ दिने बिरोध कार्यक्रम संगै असार ३ गते भै रहेको आन्दोलनको समिक्षा सहित दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने बताईएको छ ।
प्रतिक्रिया