कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । आज अर्घाखाँचीको मालारानी–४ को सार्वजनकि आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको मृत्यु भए संगै अव नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
१२ दिन अघि भारतको महाराष्ट्रबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका ति पुरुषको स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार गराएका थिए । उपचार गरेर फर्किने क्रमम उनको मृत्यु भएको हो ।
नेपालमा मृत्यु हुने मध्य अधिकांश भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरु रहेका छन् ।
प्रतिक्रिया