तारा अधिकारीको शब्दमा रहेको देशभक्ती गीत माटोको सिन्दुर सार्वजनिक भएको हो । गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको यो गीत सुवास भुषालको संगीतमा यूटुव मार्फत सार्वजनिक भएको हो ।
उदयराज पौडेलको संगीत संयोजन रहेको माटोको सिन्दुर गीतमाथी लिरिकल भिडियो निर्माण भएको छ । जसलाई सान थापाले तयार गरेका हुन् ।
नेपालको सौन्दर्य र देशभक्ती भाव अभिब्यक्त यस गीतको लिरिकल भिडियोमा नेपालको नयाँ नक्सा, श्रमजिवी नेपाली, कला संस्कृति तथा प्राकृतिक छटाहरुलाई चित्रण गरिएको छ ।
प्रतिक्रिया