US Khabar

जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतिय र प्रहरीविच झडप: गोली लागेर १ को मृत्यु – ५ घाइते

- Admin | ३ वर्ष पहिले प्रकाशित

जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतिय र प्रहरीविच झडप: गोली लागेर १ को मृत्यु – ५ घाइते

सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भएको झडपमा एक जनाको ज्यान जानुका साथै केही घाईते भएका छन् । जवरजस्ती भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरुलाई रोक्न खोज्दा भएको झडपमा गोली चल्दा ति ब्यक्तीको ज्यन गएको हो ।

करिव सय जनाको समुहमा भारतबाट आएकाहरु जवरजस्ती नेपाल प्रवेश गर्न खोजेपनि उनिहरुलाई नियन्त्रण गर्न खोज्दा झडप भएको थियो । स्थित नियन्त्रणमा आउन नसकेपछि प्रहरीले गोली चलाउनुका साथै १० राउण्ड हवाई फायर पनि गर्नुपरेको थियो । सो क्रममा गोली लागेर एक जनाको मृत्यु भएको हो । गोली लागेर मृत्यु हुनेको सनाखत हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

झडपमा तीन जना सशस्त्र प्रहरी र भारतीय पक्षका दुई जना घाइते भएका छन् भने प्रहरीको हतियार खोस्न खोजेका भारत सितामढीका लगन राम नामका ४५ वर्षीय पुरुषलाई पनि पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">