US Khabar

गायक रोशन धौभडेलसंगको सहकार्यमा भक्तपुरबाट ‘सचेत रहौं, सजग बनौं’ गीत सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायक रोशन धौभडेलसंगको सहकार्यमा भक्तपुरबाट ‘सचेत रहौं, सजग बनौं’ गीत सार्वजनिक (भिडियो)

विश्वब्यापी महामारी कोभिड १९ बारे सचेतनामुलक नयाँ गीत सार्वजनिक भएको छ । भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि स्मृति महिला तथा बाल अस्पतालले भक्तपुरका युवा गायक रोशन धौभडेल सँगको सहकार्यमा ‘सचेत रहौं, सजग बनौं’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

भक्तपुरकै अनिल राजभण्डारीको शब्द र गायक धौभडेल स्वयंको संगीत रहेको यस गीतको संगीत संयोजन भक्तपुरकै हेम लामाले गरेका हुन् ।

भक्तपुर, आदर्श स्थित सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि स्मृति महिला तथा बाल अस्पतालका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत गायक धौभडेलसँगको सहकार्यमा यस गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कोरप्रिउ अडियो भिडियो मिल फ्याक्टोरीले प्रडक्सन तथा प्रि–प्रडक्सनको जिम्मा लिएको गीतको भिडियोलाई निर्देशन, छायाँकन तथा सम्पादन रिक्की कर्माचार्यले गरेका छन् ।

‘ सचेत रहौं, सजग बनौं’ गीतमा कोरोना भाइरस संक्रमण फैलिन नदिन सबैलाई सचेत र सजग हुन आह्वान गरिएको छ । अहिलेको महामारीको बेला एक आपसमा सद्भाव बढाएर संक्रमणकै कारण नआँटिकन, आत्मविश्वास बढाएर कोरोना भाइरसलाई जित्नुपर्ने सन्देश गीत मार्फत दिन खोजिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको अग्रभागमा रहेरका काम गर्दै आएका देश भरका चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई उनीहरुको कामको सम्मान सहित भिडियो दृश्यावलोकन गरिएको छ । जसमा सिद्धि स्मृति महिला तथा बाल अस्पतालका प्रमुख ब्यबस्थापक देखि लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र अरु कर्मचारिहरु लाई फिचरिङ गरिएको छ ।

त्यस्तै म्युजिक भिडियोमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेनाको भक्तपुरको सूर्यविनायक स्थित वीरदल गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी बलको गुहेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विश्व भट्टराई लगायतलाई समेत म्युजिक भिडियोमा समेटिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">