US Khabar

बोको हरामद्वारा दुर्गम गाउँका ६९ सर्वसाधारणको गोली हानी हत्या

- Admin | ३ वर्ष पहिले प्रकाशित

बोको हरामद्वारा दुर्गम गाउँका ६९ सर्वसाधारणको गोली हानी हत्या

विद्रोही संगठन बोको हरामले उत्तरी नाइजेरियाको बोर्नो राज्यमा ६९ जना सर्वसाधारणको हत्या गरेका छन् । आफूहरुका सूचना सरकारी सुरुक्षाकर्मीलाइ दिएको आरोपमा उनिहरुले ६९ जना सर्वसाधारणको गोली हानी हत्या गरेका हुन् ।

बोर्नो राज्यको दुर्गम गाउँमा भएको यो आक्रमण र लुटपाटका क्रममा बोको हरामले जथाभावी गोली चलाउँदा ठुलो संख्यामा मानिसको मृत्यु हुनुका साथै दर्जनौं घाईते भएको जनाईएको छ ।

आक्रमणमा चौपायाहरु समेत मारिएको समाचार छ ।

उत्तर पूर्वी नाइजेरियामा बोको हराम र इस्लामिक स्टेटको वर्षौंदेखि जारी हिंंसात्मक आन्दोलनमा हजारौं सर्वसाधारणको हत्या भएको छ भने लाखौं बिस्थापित भइसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">