US Khabar

अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियराको निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियराको निधन

अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको निधन भएको छ । विगत १५ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति पियराको ५५ वर्षको उमेरमा निधन भएको हो ।

कोरोना संक्रमित अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियराको निधनलाई कोरोना संक्रमणको आशंका गरिएको भएपनि उनको हृदयाघातका कारण निधन भएको बताइएको छ ।

तेस्रो कार्यकालका लागि पनि चुनाव लड्ने घोषणा गरेपछि राजनीतिक विवाद उत्पन्न बुरुण्डीका राष्टपति पियारोको असामयिक निधनका कारण ७ दिने शोकको घोषणा गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार अस्पताल भर्ना भएका पियराको उपचारकै क्रममा निधन भएको हो ।

कोरोनाका कारण अहिले सम्म जम्मा एक जनाको मात्र मृत्यु भएको बुरुण्डीमा ‘लकडाउन’ गरिएको थिएन भने र्‍याली र आमसभा आयोजना गर्न पनि अनुमति दिइएको थियो । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">