US Khabar

भारतबाट आएका अर्का नेपाली युवकको सुनौली बसपार्कमा मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

भारतबाट आएका अर्का नेपाली युवकको सुनौली बसपार्कमा मृत्यु

कोरोना संक्रमणबाट बच्न भारतबाट नेपाल फर्कर्दै गरेका अर्का युववको पनि बाटैमा मृत्यु भएको छ । भारतको मुम्वईबाट फर्कर्दै गरेका नवलपरासीका ३५ बर्षिय युवकको सुगौली बसपार्कमा मृत्यु भएको हो ।

नवलपरासी सुस्ता गाउँपालिका घर भएका उनि कोरोना संक्रमणबाट ज्यान जोगाउन मुम्वईबाट सुनौली बसपार्क हुँदै घर फर्कर्दै थिए । तीन दिनअघि सुनौली बसपार्कमै मृत्यु भएको हो ।

सुगौली बसपार्कमा मृत्यु भएकाले उनको स्वाब परीक्षणका भारतको अस्पतालमा गर्न लागिएको बताइएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार मृतकको रिर्पोट नेगेटिभ आएमा परिवारलाई बोलाएर शव जिम्मा लगाउने र पोजेटिभ आएमा उतै दाहसंस्कार गरिने छ ।

यस अघि भारतबाट फर्कने क्रममा अर्घाखाँचीका कृष्णबहादुर गैरेको बाटोमा नै मृत्यु भएको थियो । जेठ १० गते भारतको गुजरातबाट नेपाल आउने क्रममा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ९ कृष्णबहादुर गैरेको मृत्युको कारण कोरोना संक्रमण रहेको पुष्टी भएको थियो ।

जेठ १० गते भारतको गुजरातबाट नेपाल फर्कने क्रममा मृत्यु भएका उनको सम्पर्कमा आएका ३० जना सहित जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्युपछि उनीसँगै आएका, शव बोकेका र सम्पर्कमा रहेका ५० जनाको स्वाब जाँच गरिएको थियो । उनि कोरोना संक्रमणबाट मृत्यु हुने छैटौं ब्यक्ती हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">