नेपाली काङ्ग्रेसका साँसद प्रदीप गिरीले महाकाली सन्धि हुँदा हालका प्रधानमन्त्री केपी शर्मा ओली र आफूले त्यति बेलाकाे संसदमा त्यसका पक्षमा समर्थन गर्दा गल्ती गरेको स्मरण गरेका छन्।
मंगलबार प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दोश्रो संशोधन विधेयकमाथि बोल्दै सांसद गिरीले महाकाली सन्धी गर्ने बेला गलत काम भएको बताए । उनले कुनै बेला बर्तमान प्रधनमन्त्री ओली र आफुले महाकाली सन्धीको संसदको यस्तै बैठकमा पक्षमा एक सुर भएर बोलेको स्मरण गरेका हुन। त्यतिबेला माधव नेपाल र सिपी मैनालीले महाकालीको शीरको बारेमा टुङ्गो भएको छैन भनेर बोलेका थिए।
त्यस सवालमा तत्कालीन नेकपा टुट्यो। ‘त्यतिबेला प्रधानमन्त्री ओली र मैले पनि गल्ति गरेका थियौँ । त्यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ ।’ त्यस सवालमा तत्कालिन नेकपा एमाले टुट्यो। त्यतिबेला (हालका) प्रधानमन्त्री ओलीले र मैले पनि सायद गल्ती गरेका थियौं। त्यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ। सरकारले कुटनीतिक विषय भनेर नथाकेको भन्दै कुटनीतिक प्रश्न के हो भनेर सोधे । उनले पर्याप्त तयारी नगरी कुटनीतिक प्रयास सफल नहुने पनि बताए। उनले भने, “बिना गृहनीति, बिना गृहकार्य, कदाचित आफ्नो पार्टीलाई समेत विश्वास नलिइकन गरिएको एउटा कार्य हो। तर, हामी समर्थनमा छौं। हामीले समर्थन गरेका छौं। किनभने हामी नेपाल आमाका सन्तान हौं।” उनले नक्सा प्रकाशन भन्दा पनि जमिन कसरी प्राप्त गर्ने त्यो मुख्य कुरा भएको बताए।
उनले प्रधानमन्त्री ओली उखान टुक्काको महारथी भएपनि उनलाई स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ भन्ने उखान थाहा नभएको भन्दै व्यङ्ग्य गरे। “म स्याल र बाघको उदाहरण दिँदा लज्जित छु। प्रतीकात्मक अर्थ हो। आवश्यक कुटनीति गरेर, यसलाई पपुलिष्ट विषय नबनाएर साँच्चै नै त्यहाँको भूभागलाई भोग गर्न लगाएर आफ्नो नाम इतिहासमा अमर गर्नुहोस्” उनको भनाई थियो। सरकारले कुनै गृहकार्य नगरेको, प्रतिपक्षी दलसँग छलफल नगरेको, आफ्नै पार्टीलाई विश्वास नलिई काम गरेको आरोप लगाए । उनले महाकाली सन्धिका बेला आफूले गरेको गल्ती स्वीकार्न र देशभित्र रहेको दलित जनजाति, बेरोजगारीमाथि विजय प्राप्त गर्न आग्रह समेत गरे।
प्रतिक्रिया