मोरङको उर्लाबारीमा सञ्चालित ईन्टरनेट सेवा प्रादायक कम्पनी I-ZONE प्राईभेट लिमिटेडले आफ्ना ग्राहकको बिलमा भारतको नाम उल्लेख गरेको पाईएको छ । ईन्टरनेटको रकम तिरेका ग्राहकलाई कम्पनिले दिएको रसिदमा उनको नाम सहितको ठेगानामा उर्लाबारी ईन्डिया भनेर उल्लेख भएको भेटिएको हो ।
कम्पनीका सेवाग्राही मुहा सिंह थापा मगरलाई आई जोन प्रालीले दिएको सो रसिदमा उर्लाबारीलाई भारत उल्लेख गरेपछि त्यहाँका स्थानियले सामाजिक सञ्जालमा यसको बिरोध सुरु गरेका छन् । एकातिर सिमा बिबादले चर्को रुप लिईरहेको वर्तमान अवस्थामा नेपालबाट सञ्चालित ईन्टरनेट कम्पनीले सेवाग्राहीको ठेगानामा नै नेपाली भुभागको नाम उल्लेख गरेर देश भारत भनेपछि उनिहरु आक्रोशित बनेका छन् । उनिहरुका अनुसार रसिदमा उल्लेखित ठेगना नै कम्पनिको रजिस्टारमा हुन सक्ने भएकाले यो नेपाली भुभागलाई भारतको हो भन्ने प्रमाणका रुपमा पनि देखिन सक्ने भन्दै आपत्ती जनाएका छन् ।
अहिले सम्म यस प्रकारको रसिद एक जना ब्यक्तीको मात्र फेला परेको भएपनि यस्ता बिलहरु अन्य ग्राहकलाई पनि दिईएको हुन सक्ने तर बाहिर नआएको हुन सक्ने आशंका गरिएको छ ।
यसका लागि सम्बन्धित निकायले कम्पनिको रजिस्टार तथा अन्य कागजात माथी नै छानविन गर्नुपर्ने देखिन्छ । यद्यपी नियत बस या बिना नियत नै भएको गल्ती हो भनेपनि ठुलो क्षेत्रमा ईन्टरनेट सुविधा प्रधान गर्ने उदेश्यले सञ्जालित आई जोन ईन्टरनेट कम्पनिको यो गैर जिम्मेवारी पूर्ण लापरवाहीले नेपाली राष्ट्रियतालाई लिएर कम्पनिमाथी प्रश्न गर्ने आधार भने सृजना भएको छ ।
प्रतिक्रिया