US Khabar

इनास विश्वब्यापी गायन र नृत्य प्रतियोगितामा विश्वब्यापी नजर

- Admin | ३ वर्ष पहिले प्रकाशित

इनास विश्वब्यापी गायन र नृत्य प्रतियोगितामा विश्वब्यापी नजर

इनास बिश्वब्यापी अनलाइन गायन तथा नृत्य प्रतियोगीतामा भिडियो आउनेक्रम जारी छ । मे २७ मा बसेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको बैठकले सहभागी हुने समयसिमा जुन १५ सम्म र पुरस्कारको राशी पनि बढाउने निर्णय गरेको थियो । यो निर्णय पछि विस्वभर बाट सोधिखोजी बढेको र प्रतियोगि भिडियोहरु आउने क्रम बढेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका एसिया संयोजक गीतकार लोकराज अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगीले प्रतिष्पर्धाका लागि युरोप महादेशबाट [email protected] ,मा एसिया महादेशबाट [email protected], अमेरिका महादेशबाट [email protected], ओसेनिया क्षेत्रबाट [email protected], अफ्रिका महादेशबाट [email protected] र कुवेतबाट [email protected] तथा आधिकारिक पदाधिकारीको व्हाटस एप र भाइबरमा पनि भिडियो पठाइरहेको संयोजक अधिकारीले जानकारी दिनु भयो । प्रतियोगिहरुले इनासको वेब साइट www.inas.global मार्फत पनि सहगागी हुन सक्ने ब्यबस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने कलाकारलाई एक बर्ष कार्यकाल रहने गरि इनासको अवैतनिक सदभावना दूत (INAS Global Goodwill Ambassador) नियुक्त गरिनुका साथै “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग/ डान्सिङ स्टार २०२०” को उपाधि सहित रु. ५१,०००। नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग / डान्सिङ स्टार, २०२० फस्ट रनर अप” र “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग/ डान्सिङ स्टार २०२० सेकेण्ड रनर अप” को उपाधि सहित क्रमश: रु. २५,०००। रु. १५,०००। नगद , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै टाइटल विजेतालाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ । त्यसैगरी चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिने इनासले जनाएको छ । प्रतियोगितामा १३ बर्ष माथिकाले भाग लिन पाउने छन ।

 

Video By UsKhabar: Keep Comment and Share

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">