कांग्रेस सांसद बालकृष्ण खाँडले वर्तमान सरकार र प्रधानमन्त्री असफल भएको दाबी गर्दै विकल्प खोज्न सत्तारुढ नेकपालाई आग्रह गरेका छन् । उनले व्यक्ति असफल भए पनि देश अफसल हुन नसक्ने भन्दै विकल्प खोज्न आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले निजी स्कुललाई फिस लिनमात्र स्कुल खोल्न खोजिएको हो भनी प्रश्न गरेका छन् । सरकारी विश्वविद्यालय र स्कुल बन्द गरी निजी स्कुल खोल्ने कुरा बेतुकको भएको बताए ।
खाँडले लिम्पियाधुरा, कालापानी र लिपुलेक ल्याउन खोजिएको हो भने बजेट किन राखिएन भनी प्रश्न गरे । उनले भने, ‘नक्सामा मात्र राख्न खोजिएको हो ।’
प्रतिक्रिया