US Khabar

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा र धनगडीका २ जना संक्रमितको पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोनाबाट मृत्यु भएका दुई जना मध्य डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिला रहेका छन् ।

पछिल्लो मृत्यु पुष्टी भएका मध्य डोल्पाका ५८ वर्षीय पुरुषको जेठ २१ गते क्वारेन्टिनमा नै मृत्यु भएको थियो । जसको मृत्यु पछिको पिसीआर रिपोर्ट पोजेटिभ आएसंगै उनको मृत्यु कोरोना संक्रमणबाटै भएको पुष्टी भएको हो ।

त्यस्तै धनगढीकी ५५ वर्षीया महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोनाबाट मृत्यु भएकी उनलाई मृगौलाको समेत समस्या रहेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">