एमसिसि सम्झौताका विरुद्धमा दाङमा कृयाशिल ५ राजनितिक दलहरुले बिरोध कार्यक्रम गरेका छन् । दाङमा क्रियाशिल राजनितिक दलहरु राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसिसि सम्झौताका विरुद्धमा संयुक्त बिरोध कार्यक्रम गरेका हुन् ।
बिरोध सभामा बोल्दै बक्ताहरुले एमसिसि सम्झौता लागू भएमा देशको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर हुने तथा देशको असङ्लङ्न परराष्ट नितिको समेत धज्जी उडने हुदा कुनैपनी सर्तमा एमसिसि सम्झौता संसदबाट अनुमोदन हुन नहुने स्पष्ट पार्दै त्यो सम्झौता खारेज हुनु पर्ने कुरामा जोड दिए ।
बिदास्पद एमसिसी सम्झौताको बिरोध भइरहेको बेला सरकारले आगामी बजेटमा उक्त सम्झौताको योजना समेत अगाडी बढाएको हुदा यसको बिरोध भएको हो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलको सहजिकरणमा सम्पन्न कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता भरत भण्डारी , राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य , नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समीर के सि , नेकपा मालेका जिल्ला सचिब नेत्रप्रकास पान्डे, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया