US Khabar

एक शव सहित यूएईबाट १६८ जना नेपाल फिर्ता

- Admin | ३ वर्ष पहिले प्रकाशित

एक शव सहित यूएईबाट १६८ जना नेपाल फिर्ता

संयुक्त अरब इमिरेट्स (यूएई) बाट १ सय ६८ जना नेपाली स्वदेश फर्केका छन् । दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली कामदारहरुलाई आज एयर अरेवियाको विमान मार्फत स्वदेश फिर्ता गरिएको हो ।

एक जना नेपालीको शव सहित स्वदेश ल्याईएका उनिहरु मध्य १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन्। जसमा प्रदेश नं १ का ४६ जना, प्रदेश २ का २३ जना, बागमती प्रदेशका ३७ जना, गण्डकी प्रदेशका २३ जना, प्रदेश नं ५ का २३ जना, कर्णाली प्रदेशका ४ र सुदुरपश्चिमका १२ जना रहेका छन ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">