US Khabar

विवादमा मुछिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. श्रेष्ठको सरुवा

- Admin | ३ वर्ष पहिले प्रकाशित

विवादमा मुछिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. श्रेष्ठको सरुवा

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठको सरुवा गरिएको छ । चीनबाट स्वास्थ्य समाग्री खरिद विवादमा मुछिएका महानिर्देशक श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको सरुवा गरेको हो ।

श्रेष्ठलाई मन्त्रालय तानिएपछि ठाउँमा डा. दिपेन्द्र रमण सिंहलाई विभागको महानिर्देशक नियुक्त गरिएको छ ।

गत फागुन पहिलो साता मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी महेन्द्र प्रसाद श्रेष्ठलाई दिईएको थियो । तर नेपालमा कोरोना भाईरस भित्रिएपछि उनको जिम्मेवारप्रति असन्तुष्टीको वातावरण सृजना भएको थियो । चीनबाट स्वास्थ्य समाग्री खरिद विवादमा उनको नाम मुछिएपछि उनि विवादित बन्दै आएका थिए ।

श्रेष्ठसंगै विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई पनि मन्त्रालय तानिएको छ । डोटेलको ठाउँमा एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा। रमेश खरेललाई लगिएको छ ।

त्यस्तै परोपकार प्रसूति गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयले सरुवा गरेको छ उनको ठाउँमा संगीता कौशललाई लगिएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">