नेपालमा २०१ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार देशभरमा २०१ जना संक्रमित थपिएको जानकारी दिए । अब कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ९ पुगेको छ।
कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका १ पुरुषमा संक्रमण देखिएको छ। बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ। ताप्लेजुङका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ।
झापाका झापाका १ जना, पाँचथरका एक जनामा पनि संक्रमण देखिएको छ। सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै क्वारेन्टाइनमा छन्।
नारायणी अस्पताल पर्सामा गरिएको परीक्षणमा पर्साकै ७ जना संक्रमित भेटिएका छन्। सुर्खेतमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका छन्। कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका छन्। उनीहरुमा झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, तेह्रथुम आठराईका १ जना, सुनसरीको बराहक्षेत्रको क्वारेन्टाइनमा रहेका १ जनामा संक्रमण देखिएको छ।
सेती अस्पताल धनगढीमा ५ जा पोजेटिभ भेटिएका छन्। जसमा कैलालीको गौरीगंगा र धनगढीका रहेका छन्। डोटीका पनि दुईजना पुरुषहरु संक्रमित रहेका छन्। उनीहरु २२ र २५ वर्षीय रहेका छन्। रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जना संक्रमित भेटिएका छन्।
कपिलवस्तुको मायादेवी र शुद्धोदनका ६७ जना रहेका छन्। जसमा ११ देखि ३७ वर्षीयसम्म रहेका छन्। उनीहरुमा १० जना महिला रहेका छन्। १ वर्षीय बालकदेखि ८० वर्षीयसम्मका छन्। रुपन्देहीमै पाल्पाका २ जना संक्रमित भेटिएका छन्। रुपन्देहीको रोहिणी र मर्चवारका २६ जनामा पनि संक्रमण भेटिएको छ।
जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पाजेटिभ आएको छ। उनीहरु महोत्तरी मटियानीका रहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा दैलेखको दुल्लु र नारायणा नगरपालिकाका ६ रहेका छन्।
कालिकोटका महाबैका ७ जना रहेका छन्। राप्तीमा प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङसहितका ८ जनामा पुष्टि भएको छ। दाङका २ जना, प्युठानका १ जना, सल्यानका १ जनामा संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४२ जनमा संक्रमण देखिएको छ। धनुषाका १ जना, कपिलवस्तुका २, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन्। त्यसैगरी नवलपरासीको पहलीनन्दन र बर्दघाटका ८ जना रहेका छन्। रौतहटका ११ जनामा पनि पुष्टि भएको छ।
रुपन्देहीको मायादेवीका १ जनामा पनि संक्रमण देखिएको छ। सर्लाहीको रामविलाश प्रावि र जनता मावि हर्कटवका १५ जनामा संक्रमित भएका छन्। त्यसैगरी सिन्धुपाल्चेकको इन्द्रावतीका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया