US Khabar

डडेल्धुराको क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु – भारतबाट आएकाहरुको मृत्यु संख्या बढ्दै

- Admin | ३ वर्ष पहिले प्रकाशित

डडेल्धुराको क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु – भारतबाट आएकाहरुको मृत्यु संख्या बढ्दै

डडेल्धुराको क्वारेन्टिनमा बसेकी १ महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ को असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिला र उनका श्रीमान् ४ दिनअघि भारतबाट आएका थिए ।

हिजै मात्र बैतडीको पुर्चौडी नगरपालिका–४ को मालिका मावि, भटनामा रहेको क्वारेन्टाईनमा बसेकी युवतीको पनि मृत्यु भएको थियो । भारतको पञ्जाबबाट जेठ १६ गते गौरीफन्टा नाका हुँदै नेपाल आएकी २२ वर्षीया सुनिता लुहारको मंगलबार मृत्यु भएको थियो भने हिजै पाल्पाको युनाइटेड मिसन अस्पताल तानसेनको आइसोलेसनमा उपचाररत ४६ वर्षीय रामबहादुर दिशा मगरको मृत्यु भएको छ ।

भारतको मुम्बईबाट फर्किएका राम बहादुर जल्पाको शम्भु मावीमा रहेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यस अघि बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी २ बर्षिया बालिकाको पनि मार्तडीको आइसोलेसनमा मृत्यु भएको थियो उनको भारतबाट आएको ८ औ दिन मृत्यु भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">