US Khabar

प्रवासी नेपाली बालबालिका लक्षित नैतिक शिक्षा पुस्तक प्रकाशनमा NRNA अमेरिकाको तिब्रता

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रवासी नेपाली बालबालिका लक्षित नैतिक शिक्षा पुस्तक प्रकाशनमा NRNA अमेरिकाको तिब्रता

बिभिन्न कारणले आफ्ना अविभावकसंग मातृभूमी नेपाल बाहिर रहेका बालबालिकालाई नेपाली भाषा, संस्कृतिको ज्ञान दिन गैर आवासिय नेपाली संघ (एनआरएनए)ले प्रकाशनमा ल्याउन लागेको नैतिक शिक्षाका पुस्तकको प्रकाशन तिव्र गतिमा अघि बढिरहेको छ ।  सानै उमेरमा नेपाल छाडेका र यहिँ जन्मिएका बालबालिका लक्षित यस पुस्तक एनआरएनए, अमेरिकाको नेपाली पाठशाला टास्कफोर्स कमिटीले प्रकाशन तथा पाठ्यक्रमको ढाँचा तयार गर्ने कार्यलाई द्रुत गतिमा अघि बढाएको हो ।

नेपालको भौगोलीक, संस्कृतिक, ऐतिहाँसिक जानकारीका साथै नेपाली भाषा र कला लगाएका बिषयमा जानकारी गराई नेपाली पहिचानलाई पुस्तान्तरण गराउने लक्षका साथ एनआरएनले प्रकाशनमा ल्याउँदै गरेको यि पुस्तकहरुमा एकिकृत पाठ्यक्रमको ढाचाँ र नेपाली नैतिक ज्ञानदर्शन लगायतका बिषयबस्तु समाविष्ट रहने छ ।

एनआरएनए अमेरिकाको नेपाली पाठशाला टास्कफोर्स कमिटीले आफ्नो कार्यलाई द्रुत गतिमा अगाडी बढाउने लक्ष्य सहित कार्यको थालनी गरेको बताएको छ । जसका लागि सन्तोष बिष्टको अध्यक्षतामा बसेको पाठशाला टास्कफोर्स कमिटीको कन्फरेन्स बैठकमा कमिटीका सहभागी पदाधिकारीहरु भोज बलायर, डा. चुडामणि खनाल, हरी जोशी, बिष्णु खरेल, लक्ष्मी बराल, मित्र धिताल, डा. मुक्ति अर्याल, नारायण खनाल, शिव मुल आदि लगायतले निकट भविस्यमा नेपाली भाषा तथा नैतिक शिक्षाको पाठ्यक्रम ढाँचा र पाठशाला संचालन निर्देशिका तयार गर्ने बारेमा बिभिन्न सुझावहरु पेश गर्दै कार्य थालनीलाई प्राथमिकताका साथ अगाडी बढाउने निर्णय गरेका छन् ।

 

क्यालिफोर्निया निवासी नारायण खनालले टास्कफोर्स कमिटीको सदस्य(सचिवको रुपमा काम गर्ने निर्णय गरिएको यस बैठकमा एनआरएनए अमेरीकाका अध्यक्ष सुनिल शाह, बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, महासचिव पशुपति पाण्डे, कोषाध्यक्ष नेत्र बन्धु पोखरेलले टास्कफोर्स कमिटीका हरेक कामलाई प्राथमिकताका साथ हेरेको र जुनसुकै सहयोग गर्न तयार रहेको बिचार ब्यक्त गरेका छन् ।

 

कार्यक्रममा बिशेष आमन्त्रित एनआरएनए, टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्याल र सचिव सोफिन थापाले हालै टेक्सास च्याप्टरले पहिलो पटक प्रकाशनमा ल्याईएका नेपाली भाषा र नेपाली नैतिक ज्ञानदर्शनका आधारभूत तहका पुस्तकहरुको बारेमा जानकारी दिनुका साथै निशुल्क बिरतण भैरहेका पुस्तकहरुको उपलब्धताका बारेमा जानकारी दिएका थिए भने नेपाली समाज टेक्सासका अध्यक्ष दिनेश शर्माले टेक्सासले संचालन गरिरहेको नेपाली पाठशालाको कार्यान्वयन पक्ष र हालै एनआरएनए, टेक्सास च्याप्टरबाट उपलब्ध गराएका पुस्तकहरुले अनलाईन कक्षाको पठनपाठनमा पुरयाएको सहयोगका लागि टेक्सास च्याप्टरलाई धन्यवाद दिएका थिए ।

हालको कोभिड(१९ को यस बिषम परिस्थितीमा पूर्बिय दर्शनको महत्व झनै बढेको परिप्रेक्षमा अनलाईन र फेस टु फेस मोडबाट कसरी गुणात्मक कक्षा संचालन गर्न सकिन्छ भन्ने सम्बन्धमा टास्कफोर्स कमिटिले नेपाली भाषा र नैतिक शिक्षाको पाठ्यक्रम ढाँचा र पाठशाला संचालनको निर्देशिकाको तयारी कार्यलाई जोडदार रुपमा अगाडी बढाई रहेको परिप्रेक्षमा सवै क्षेत्रको सुझाव र सहयोगको आवस्यकता टास्कफोर्स कमिटिले महसुस गरेकोले आम सबैमा सुझावको लागि अनुरोध पनि गरिको छ ।

छिटै नै अमेरीका भरिका ५० ओटै राज्यमा र बिश्वका अन्य देशमा बस्ने नेपालीहरुलाई समेत सहज रुपमा पाठशालामा संचालन गर्ने गरि नेपाली नैतिक ज्ञानदर्शन र नेपाली भाषाका सजिला सामग्री सहित पठ्यक्रम ढाँचा र संचालन निर्देशिका उपलब्ध गराई पाठशाला संचालनमा एक रुपता एवम् सहजता ल्याउने गरि एनआरएनए, अमेरीका र टास्कफोर्स कमिटीले केही कार्य अगाडी बढाई सकेको छ जसमा यस टास्कफोर्स कमिटीका को(चियर भोज बलायरबाट लिखित तथा एनआरएनए, टेक्सास च्याप्टरबाट प्रकाशित आधारभुत तहको नैतिक ज्ञानदर्शन र नेपाली अक्षरमाला किताव प्रकाशित हुनु सबैका लागि खुशीको कुरा रहेको कमिटीले बताएको छ ।

एनआरएनए, अमेरिका लेखक बलायर तथा टेक्सास च्याप्टरको बिषेश सहयोग रहेको पुस्तक प्रकाशनका बिषयमा एनआरएनए अमेरिकाले सिमित संख्यामा रहेका यी पुस्तकहरु हाल एनआरएनए, टेक्सास च्याप्टरले निशुल्क रुपमा उपलब्ध गराउदै आएको समेत गराउनुका साथै सम्पर्कका लागि अनुरोध सहित छिटै नै यी सामग्रीहरु एनआरएनएको वेवसाईटबाट समेत प्रकासित गरिने र अन्य सामग्रीहरुको तयारीलाई तदारुपकताका साथ अगाडी बढाउदै लगिने प्रतिबध्दता ब्यक्त गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">