US Khabar

निर्माता तथा नायक नवराज श्रेष्ठको अमेरिकाको डेनभर स्थित पसल तोडफोड तथा चोरी

- Admin | ३ वर्ष पहिले प्रकाशित

निर्माता तथा नायक नवराज श्रेष्ठको अमेरिकाको डेनभर स्थित पसल तोडफोड तथा चोरी

नेपाली सिने क्षेत्रका कलाकार तथा निर्माता नवराज श्रेष्ठको अमेरिकामा रहेको पसल तोडफोड साथै चोरी भएको छ । लामो समयदेखी अमेरिकाको कोलोराडोमा रहँदै आएका कलाकर्मी श्रेष्ठको डेनभर स्थित पसलमा आज तोडफोड गरि चोरी भएको हो ।

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष समेत रहेका श्रेष्ठ केही दिन अघि मात्र नेपालबाट अमेरिका फर्किएका थिए । कोभिड १९ का कारण बन्द रहेको उनको पसल स्थानिय समय अनुसार बिहानको करिव ४ बजेर ३० मिनेटमा चोरी भएको हो ।

१५ बर्ष देखी अमेरिकामा नै ब्यवसाय गर्दै आएका श्रेष्ठको पसलबाट मुर्ती, चाँदीका महंगा गर गहना, ब्रासलेट लगायतका सामान चोरी भएको बताईएको छ । १० हजार डलर बढिका साम्रगीहरु चोरी भएको सो पसलको सिसाहरु फेरेर भित्र पसी मुलयवान सामानहरु चोरी गरिएको थियो ।

सामान चोर्नुका साथै तोडफोड गरेर हजारौं डलरको नोक्सान पुर्याएका उनिहरुले छोडेको करिव २०० डलर नक्कली पैसा समेत पसल भित्र भेटिएको छ । पसल चोरीमा संलग्न मध्य १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार रहेका छन् ।

अमेरिकामा रंगभेदी आन्दोलनले उग्र रुप लिईरहेको समयमा भएको यो चोरीमा संलग्नहरुले यसै प्रदर्शनको फाईदा उठाएर तोडफोड पसल तोडफोड गरी चोरी गरेको हुन सक्ने पनि देखिन्छ ।  अमेरिकाकमा पछिल्लो केहि दिन यता प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । एकातिर कोरोनाको सन्त्रास र अर्को तिर २० भन्दा बढी राज्यका ४० शहरमा जारी कफ्र्यु आदेशले यतिबेला अमेरिका आतंकित छ भने आज निर्माता तथा अभिनेता श्रेष्ठको पसलमा भएको चोरीले यस आन्दोलनको आडमा चोरी दकैडीको समेत सृजना हुन सक्ने देखिएको छ ।

Posted by Navaraj Shrestha on Tuesday, June 2, 2020

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">