US Khabar

गयिका अन्जु श्रेष्ठको ‘आँखा बन्द’ गीत सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

गयिका अन्जु श्रेष्ठको ‘आँखा बन्द’ गीत सार्वजनिक

गायिका अन्जु श्रेष्ठको गीत आँखा बन्दा सार्वजनिक भएको छ । गायिका अन्जु स्वयंकै शब्द तथा राज सागरको संगीतमा रहेको आँखा बन्द गीत युटुव च्यानल मार्फत केही दिन अघि सार्वजनिक भएको हो ।

संजय हमालको संगीत संयोजन रहेको यो गीतमा मायाको गहिराईलाई अभिब्यक्त गरिएको छ । प्रियतमको पर्खाईमा रहेकी एक प्रेमिकाको मनोभाव अभिब्यक्त यस गीत गायिका अन्जुकै यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यस अघि यो गीत राज सागरको आवाजमा सार्जजनिक भएको थियो भने स्रोताको अनुरोधमा गीत पुन फिमेल स्वरमा सार्वजनिक भएको छ । आफैंले लेखेको गीत भएकाले पनि अन्जुको आवाजमा आउँदा यो गीतले सकारात्मक प्रतिकृया पाईरहेको छ ।

यस अघिको भिडियोमा अन्जु स्वयंको अभिनय रहेको छ । यस अघि हाँसी हाँसी, मनले आफ्नो, खोजिरहेछु, ढाकाटोपी, गुराँसको रंग लगायतका बिभिन्न बिधाका गीतहरुका आवाज भरेकी गायिका अन्जुकाका रातो साडी, रंगीयो तीजले, भेलबेट चोली, पिरती लाएको बर्ष लगायतका तिज गीतहरु हरेक बर्ष सार्वजनिक हुँदै आएका छन् । कतिपय आफ्ना गीतमा अभिनय समेत गरेकी अन्जुको अभिनयकलाको पनि प्रशंसा हुँदै आएको छ यद्यपी उनले मोडलिङलाई भन्दा गायनलाई नै प्राथमिकतामा राखेर संगीत यात्रामा अघि बढ्दैछिन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">