पाल्पामा आइसोलेसनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ । पाल्पाको युनाइटेड मिसन अस्पताल तानसेनको आइसोलेसनमा उपचाररत ४६ वर्षीय रामबहादुर दिशा मगरको मंगलबार मृत्यु भएको हो ।
भारतको मुम्बईबाट फर्किएका राम बहादुर जल्पाको शम्भु मावीमा रहेको क्वारेन्टाइनमा बस्दै आएका थिए । पूर्वखोला गाउँपालिका १ सिलुवा घर भएका उनि जेठ २ दिन अघिबाट क्वारेन्टाईन बस्न थालेका हुन् ।
उनको युनाइटेड मिसन अस्पताल तानसेनको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाब परीक्षणको रिर्पोट नआएकाले मृत्युको कारण एकिन भएको छैन।
श्वासप्रश्वासम्बन्धी समस्या र लगातार सुख्खा खोकी लाग्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यस अघि सोमबार पनि उनको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो भने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मृत्युपछि पनि पुन स्वाब संकलन गरी परीक्षणका लागि पठाएको छ ।
उनको परिक्षणको रिपोर्ट आउन बाँकी भएपनि उनका देखिएको स्वास्थ्य समस्या र लक्षण अनुसार उनको कोरोना संक्रमणबाटै मृत्यु भएको आशंका गरिएको छ ।
प्रतिक्रिया