जर्ज फ्लोइड हत्या प्रकरणको विरोधमा अमेरिकाका भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । एक प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन पाँचौं दिन सम्म आइपुग्दा अझ बढि हिंसात्मक बन्दै गएको हो ।
सरकारले प्रदर्शनलाई नियन्त्रणमा लिन विभिन्न २५ सहरमा कर्फ्यू लगाएको छ भने न्युयोर्क, वासिंटन, म्यानहट्टन, सिएटल, लगायतका सहरमा प्रदर्शनले उग्र रुप लिदैं गएको छ ।
काला जातिका ४६ वर्षीय जर्ज प्रहरी हिरासतमा थिए । हिरासतमै रहेका बेला ३ जना गोरा जातीका प्रहरीले उनको घाँटी थिचेर हत्या गरेको समाचार बाहिरिए संगै यस घटनालाई रंगभेदको मुद्दा बनाएर हजारौंको संख्यामा प्रदर्शन हुँदै आएको छ ।
जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ बाहिरिएको छ जुन यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ जसमा जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेका छन् । प्रदर्शनकारीले उनको यहि वाक्यलाई नारा बनाएर आन्दोलन सुरु गरेका हुन् ।
विभिन्न स्थानमा प्रहरीका भ्यानमाथि आगजनी गर्नुका साथै आक्रमण भएको यस प्रदर्शनमा प्रहरीले पनि प्रदर्शनकारीको भीडलाई मिचेरै गाडी कुदाएपछि झन् हिंसात्मक वातावरण सृजना भएको छ । प्रहरीको गाडीले प्रदर्शनकारी माथी नै गाडी चलाउँदा केही प्रदर्शनकारीहरु घाईते भएका छन् भने प्रदर्शनमा संलग्न २ सय प्रदर्शनकारी पक्राउ परिसकेका छन् ।
I CANT BREATHE Death of unarmed black Man George floyd.😔
Posted by IDOL TV KO on Saturday, May 30, 2020
प्रतिक्रिया