बाजुराको अस्पतालको आइसोलेशनमा मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशालमा जाँचिएको उनको स्वाबबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
मृत्यु भएकी ति बालिका ८ दिनअघि आफ्ना आमा बुवासँग भारतबाट आएकी थिईन् । सुरुमा बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा राखिएका ति बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते मार्तडीको आइसोलेसनमा ल्याईएको थियो ।
ज्वरो, श्वासप्रश्वास र पखाला लगायतका समस्या देखिएपछि उनलाई आइसोलेशनमा राखिएको थियो । भारतबाट आउने क्रममा नै बिरामी परेकी बालिकालाई निको नभएपछि क्वारेन्टाइनबाट आइसोलेसनमा रिफर गरिएको थियो ।
मृतक बच्चाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाईएको छ । उ मृतक बच्चाको कोरोना रिपोर्ट आएपछि मात्र अन्त्येष्टिबारे निर्णय गरिने अस्पतालले जनाएको छ ।
नि संगै उनका बुवा आमाको पनि स्वाब परिक्षणका लागि पठाईएको थियो । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । बालिकाका बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
प्रतिक्रिया