जहाँ जाऊ जसो गरूँ लाग्ने देशको माया मात्र
रहर थियो केही गर्ने बसी देशको छायाँ भित्र
दुख के हो कस्ट के हो जिन्दगीमा सिक्दै थिएँ
केही गर्ने सपना बोकि अघि बढ्न खोज्दै थिएँ
गाऊँको आफ्नो स्वोर्ग छोडी हिडें सहर तीर
दुख गर्छु देश फेर्छु राखी अटोट उचो सिर
आफ्नो देशमा लाज लाग्ने गर्नु पर्दा सानो दुख
गाऊँ देखी सहर अनी पुगेँ विदेश खोज्दै सुख
मदन जस्तै दुख गरी बोकि आए परिश्रमको पोको
पूरा गर्नलाई बूढी आमा अनी आफ्नो मूनाको धोको
जता जाऊँ जसोगरु देशको मुहर भने फेरिएन
देशको दशा जती देख्दा पनी मलम पट्टी बेरिएन
बन्दूक गोली बारुदले देशको मुहार फेर्न खोज्यौं
शान्तिको बाटो रोज्नु पर्ने तर हामीले युध्द रोज्यौं
ज्ञान भूमि शान्ति भूमि हाम्रो देश अरे
देशको मुहार फेर्न भनि धेरै मान्छे मरे
मिलीजूली सबै जना देशको लागी जुटनु पर्छ
हिंसाको बाटो देखेको छौं अब फरक बाटो चुन्नु पर्छ
लाखौ वटा बन्दूक हैन सय ओटा किताब बाड्ने गरौं
ज्ञानको ज्योति संगसंगै उज्यालो बाटोको भर परौैं
धिरज अधिकारी
दाङ , नेपाल !
हाल – अस्टीन , टेक्सास !
प्रतिक्रिया