US Khabar

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो – कर्णाली प्रदेशमा पहिलो मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो – कर्णाली प्रदेशमा पहिलो मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएसंगै अव नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ जना पुगेको हो ।

आज मृत्यु भएका ३५ बर्षिय ति युवका १० दिन अघि भारतको गुजरातबाट नेपाल फर्किएका युवक हुन् । मृतव युवा दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् ।

कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो । ७९ जनाको समुहमा क्वारेन्टाईनमा बसेका उनिको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको बताईएको छ । उनि जेठ ७ गते कोरोना संक्रमणबाट बच्न भारतबाट नेपाल आएका थिए ।

यस अघि हिजो मृत्यु भएका र्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ९ कृष्णबहादुर गैरे पनि भारतको गुजरातबाट नै फर्किएका युवक हुन् । जेठ १० गते भारतबाट नेपाल आउने क्रममा उनको बाटोमा नै मृत्यु भएको थिययो । मृतक ३५ वर्षीय गैरेको सहित ९१ जनाको समुहमा नेपाल आउँदा आउँदै बाटोमा नै मृत्यु भएको थियो । मृत्यु पछि उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यस्तै यस अघि मृत्यु भएका बाँके रजैनापुरका युबकको पनि नेपाल आईपुगेको ५ औं दिनमा मृत्यु भएको थियो जो मुम्बईबाट २ हप्ता लगाएर नेपाल आईपुगेका थिए । यसरी भारतबाट आएका नेपालीको कोरोना संक्रमणबाट लगातार मृत्यु हुन थालेपछि थप सन्त्रास थएिएको छ

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">