US Khabar

मोरङमा आफ्नी आमाको हत्या गरे लगत्तै छोराले पनि गरे छुरा प्रहार गरेर आत्महत्या

- Admin | ३ वर्ष पहिले प्रकाशित

मोरङमा आफ्नी आमाको हत्या गरे लगत्तै छोराले पनि गरे छुरा प्रहार गरेर आत्महत्या

मोरङ, बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार बेलबारी–४, काकुम, बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो ।

आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएकामा नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । (रासस)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">