दक्षिणी सोमालियामा अल–शबाब समूहको आक्रमणबाट नौ जना चिकित्सकको हत्या भएको छ ।आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहले शाबेल प्रान्त नजिकै एकसाथ नौ चिकित्सकको हत्या गरेका हुन् ।
हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
सोमालियामा अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ ।
सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ । (एजेन्सी)
प्रतिक्रिया