कोभिड १९ बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जेठ १० गते भारतबाट नेपाल आउने क्रममा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ९ कृष्णबहादुर गैरेको पीसीआर रिपोर्ट पोजिटिभ आएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
मृतक ३५ वर्षीय कृष्णबहादुर गैरे सहित ९१ जनाको समुह जेठ १० गते भारतको गुजरातबाट नेपाल फर्कने क्रममा गैरेको बाटोमा नै मृत्यु भएको थियो । अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको बताईएको भएपनि उनको कोरोना संक्रमणबाट मृत्यु भएको आशंकामा स्वाब परीक्षण गरिएको थियो । अन्तत उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । र उनि कोरोना संक्रमणबाट मृत्यु हुने छैटौं ब्यक्ती घोषित भएका छन् ।
प्रतिक्रिया