भारत विश्वव्यापी महाकारी कोरोना संक्रमित देशहरुको सुचिमा १० औं स्थानमा आईपुगेको छ । ४ हजार २१ जनाको मृत्यु र १ लाख ३८ हजार ८ सय बढी संक्रमित रहेको भारत जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणको १० औं स्थानमा रहेको हो ।
भारतमा पनि सबैभन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित छन् । त्यहाँ ५० हजार २ सय ३१ कोरोना भाइरस संक्रमित रहेका छन् ।महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । जहा १६ हजार २ सय ७७ जना संक्रमित छन् ।
त्यस्तै गुजरातमा १४ हजार ५६ संक्रमित र नयाँ दिल्लीमा १३ हजार ४ सय १८ जनामा कोरोन कोरोना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९९ नयाँ संक्रमित भेटिएको भारतमा एकैदिन १ सय ५४ जनाको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया