US Khabar

कोरोनाका कारण मृत्यु भएका चौंथो ब्यक्तीको मृत्युमा देखिएका अस्पतालका १० लापरवाही

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोनाका कारण मृत्यु भएका चौंथो ब्यक्तीको मृत्युमा देखिएका अस्पतालका १० लापरवाही

डा. रवीन्द्र पाण्डे

 

बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुष, जो दम, निमोनिया र पटकपटक क्षयरोगका दीर्घरोगी | उनलाई सास फेर्न गाह्रो भएपछि बिरगंजस्थित नेसनल मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो | जेठ ४ बजे उनको मृत्यु भयो | मृत्यु भएपछि अस्पतालले आफन्तलाई शब हस्तान्तरण गर्यो | आफन्तले आफ्नो परम्परा अनुसार उनको अन्त्येष्टि गरे | अन्त्येष्टिमा ५० जनाभन्दा धेरै मलामी भएको बताइएको छ |

– त्यो क्षेत्रमा कोरोना संक्रमण फैलिएको तथा उनी अत्यन्तै जोखिम बर्गमा रहेको अस्पताललाई जानकारी किन भएन ?

– संक्रमित व्यक्तिमा यदि कोरोना संक्रमणको लक्षण वा शंका थियो भने किन तुरुन्त PCR टेस्ट गरिएन ? – यदि टेस्टको लागि स्याम्पल प्रयोगशालामा पुर्याइएको थियो भने मृत्यु भइसकेपछि रिपोर्टको ताकेता किन गरिएन ?

– शंकास्पद व्यक्तिको रिपोर्ट नआएसम्म परिवारलाई शब हस्तान्तरण किन गरियो ?

– शंकास्पद व्यक्तिको रिपोर्ट आएपछि संक्रमित व्यक्तिको अन्तिम संस्कार गर्ने प्रोटोकल किन फलो गरिएन ?

– अस्पतालले शब हस्तान्तरण गर्दा कोभिड १९ को शंका लागेर स्याम्पल टेस्ट गर्न पठाएको छ भनेर किन सुचित गरेन ? ४ गते मृत्यु भएका व्यक्तिको कोरोना संक्रमणको रिपोर्ट आज नबौं दिनमा आयो | त्यो स्याम्पल कहिले पठाइएको थियो ? नेपालमा पठाइएको थियो कि ७ समुद्रपार ?

– मृतकको रिपोर्ट अन्य मृतकको जस्तै ४ घण्टाभित्र किन आएन ?

– मृतकका छोराका अनुसार – “ केही दिन अघि मात्र अस्पतालबाट फोन आएको थियो । ‘परीक्षणका लागि स्वाब कलेक्सन भएको रहेछ । तपाईंको बुबाको निधन भएको ४ गतेको हो कि ८ गतेको भनेर सोध्यो’ उनले भने, मैले ४ गतेको भनिदिएँ । परीक्षणका लागि स्याम्पल पठाउनु छ, त्यही भएर कल गरेको भनेर फोन राखिदियो । यसबाहेक अस्पतालले हामीलाई केही भनेको छैन ।’ अस्पतालले यो स्तरको लापरबाही गर्न मिल्छ ?

– के नेपालले मृत्युपछि मात्र कोरोना पुष्टि गर्ने नीति लिएको हो ? – शबलाई एम्बुलेन्समा बोकेर, घरमा गएर, घरबाट छोराहरुले शब बोकेर पचासौं जना उपस्थित भएर दाह संस्कार गर्दा यदि धेरै जनामा कोरोना संक्रमण फैलियो भने त्यसको जिम्मेवारी नेसनल मेडिकल कलेजले लिने कि नलिने ?

– उनको मृत्यु कोरोना संक्रमणले भयो कि अस्पतालबाट कोभिड १९ सर्यो ? कि मृतकको संख्या यसैगरि बढ्ने हो ? – मृत्युको १० दिनपछि अस्पताल शिल गर्ने / कन्ट्याक्ट ट्रेसिंग गर्ने काम कति जायज हो ? . यस्तो भद्रगोल, अब्यब्स्था र हेल्चेक्य्राइं किन भइरहेको छ ?

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">