US Khabar

कोरोनाबाट बच्न भारतबाट बस रिर्जभ गरेर आएका ९१ जना मध्य एकको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोनाबाट बच्न भारतबाट बस रिर्जभ गरेर आएका ९१ जना मध्य एकको मृत्यु

भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटैमा मृत्यु भएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको आउँदाआउँदै बाटैमा ज्यान गएको हो।

अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। उनीसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा पिएका थिए। भारतबाट दुई बस रिजर्भ गरेर आज गैरे सहित ९१ जना नेपाल प्रवेश गरेका छन्।

उनको मृत्युको सबै कारण खुल्न सकेको छैन। गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनको शव परिवारको जिम्मा लगाइएको छ। (रासस)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">